काठमाडौं- दशैंको पाँच दिने विदा सकिएसंगै आज आइतबारबाट सरकारी कार्यालयहरु खुलेका छन् । असोज ३० गते फूलपातीदेखि बन्द भएका सरकारी कार्यालयहरु टिकाको पर्सीपल्टबाट खुलेका हुन् ।
पाँच दिनपछि खुलेका सरकारी कार्यालयहरुमा कर्मचारीको न्यून उपस्थिती रहेको छ भने सेवाग्राहीको पनि पालतो चहलपहल देखिन्छ ।
यस्तै दशैं मनाउन घर गएकाहरु फर्किन थालेपछि काठमाडौंमा चहलपहल बढेको छ । काठमाडौ भित्रिने गाडीको चाप बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दशैं विदा सकिए पनि बडादशैंंको टिका लगाउने क्रम भने कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। वडा दसैंको तेश्रो दिन आज पनि मान्यजनकहाँ गएर टिका लगाउने क्रम चलिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४