बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुलबारी नाका : नेपाली भाषी चालकको त्रिदेशीय जमघटस्थल

फुलबारी नाका : नेपाली भाषी चालकको त्रिदेशीय जमघटस्थल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- नेपाली भाषी भुटानी चालक गणेश दर्जि नेपाल आएका छैनन । भुटानको फुङसिलिङमा घर भएका उनी नेपालीहरुलाइ  भेट्न भने हरेक हप्ता पाँउछन । फुङसिलिङदेखी ५ घन्टाको सवारी दुरिमा भारत-बंगलादेशको सिमा फूलबारी आउँदा उनी नेपालीलाइ भेट्छन ।

नेपालको पूर्वी नाकाबाट १ घन्टाको सडक दुरिमा आउन सकिने भारत र बंगलादेशको नाका हो  फूलबारी नाका । यहि नाकामा आएका मालबाहक चालकहरुसँगै फुलबारीको बोर्डर कस्टम कार्यालय परिसरमा दर्जिले नेपाली चालकहरु भेट्छन ।

हालसालै नेपाल समयसँग फूलबारीमै गफिएका दर्जिले भने, 'कस्टमको पास लिन लामो भिड हुन्छ । त्यै नेपालकोहरु भेट हुन्छ । भाषा मिल्दा खुशी लाग्छ ।' कस्टमको काम लम्बिँदा र लामो जाम हुँदा आफूहरुले नेपाली चालकहरुसँग गफिएर  र लुडो खेलेर बिताउने दर्जिले बताए । उनले भने, 'देश फरक भएपनि भाषा मिल्छ । नेपाली त जोङ्खा (भुटानको राष्ट्रिय भाषा) बोल्नेहरुले पनि जान्दछ ।'

बिपि-२ -ए९३८० नम्बरको गाडि कुदाउने दर्जि जस्तै फूलबारीमा अर्का एक नेपाली भाषी भारतिय ट्रक चालक किशोर प्रधानपनि फूलबारीमा ओहोर दोहोर गरिरहन्छन । बताउँदै उनी भन्छन, 'मैले भुटानी गाडि चलाएको पाँच बर्ष भयो । फूलबारी नाका आउँदा नेपाली बोल्नेहरु धेरै हुन्छ ।' 

नेपाली ट्रकहरुले विभिन्न कृषि उपजहरु, भारतियले उपभोग्य समानहरु र भुटानीले खोलाजन्य बस्तुहरु बोकेर बंगलादेश लान्छन । बंगलादेश जाँने मुख्य नाका फूलबारीमा लाग्ने प्रशाशनिक झन्झटले कुर्नुपर्ने असहजताले नेपालीहरु भेला हुने सहजता हुने चालकहरु बताउँछन । 



फूलबारीः जहाँबाट नेपाली गित र चलचित्र भुटान पुग्छन

फूलबारी नाकामा नेपाली चालकहरु भेटिन्छन । भारतिय चालकहरु र भुटानी चालकहरु  भेटिन्छन ।  उनीहरुको राष्ट्रियता फरक छ । भाषा भने समान छ । सबैले नेपाली बोल्छन । मात्रीभाषी नेपाली नहुनेहरुले पनि नेपाली बुझ्छन । दार्जिलिङ जिल्लामै पर्ने भएकाले सिलगुरि आफैमा नेपाली भाषाको पहुँच र प्रयोग हुने स्थान हो । 

नेपाली भाषी ट्रक चालकहरुको त्रिदेशिय जमघटले नेपाली भाषीहरुलाइ नजिक्याएको मात्रै छैन । नेपाली गीत, संगीत, म्युजिक भिडियो र चलचित्रहरु भुटान सम्म पुगेका छन । नेपाली चालकहरुको मोबाइलबाट सेयर गरेर नेपाली गीत, संगीत र म्युजिक भिडियोहरु भुटानी र भारतिय चालकहरुमाझ पुग्छन । 

नेपाली चालकहरुबाट नेपाली गीत, संगीत र चलचित्र लिनेमा पर्छन नेपाली भाषी भुटानी ट्रक चालक मनिकुमार राई । ३२ बर्षिय राईले नेपाली चलचित्रहरु, नयाँ नयाँ गीतका भिडियोहरु फूलबारीबाट लिन्छन । अनि, भुटानका आफ्ना साथीहरुलाइ दिन्छन । आफूहरुले युट्युब र अनलाइनमा हेर्न नपाउने भएकाले नेपाली चालकहरुले मोबाइलमा राखेका गीत र चलचित्रहरु मोबाइलमा सारेर हेर्ने राई बताउँछन ।

उनी भन्छन, 'नेपालीहरु भुटानमा भएपनि नेपालमा जस्तो राम्रो नेपाली गीत र फिल्महरु छैनन । त्यहि भएर म नेपाली फिल्महरु लान्छु ।' आफूले मोबाइलमा हालेका नेपाली गीत र चलचित्रले आफूलाइ र साथीहरुलाइ सजिलो भएको राई बताउँछन । 

लामो जाममा बस्नुपर्दा हेर्दै समय कटाउन सजिलो हुने  र भुटान पुगेपछि अरु नेपाली भाषीहरुलाइ दिन सजिलो हुने राई बताउँछन । भुटानका नेपालीहरु जस्तै नेपाली गीतहरुमा भुटानका जोङ्खा मात्रीभाषा हुनेहरु समेत आकर्षित हुने राईले सुनाए । 

आस्था राउतदेखी राजेशपायल राईसम्मका गीतहरु र अनमोल केसीदेखी दयाहांग राईसम्मका चलचित्रहरु धेरैले हेरेको राईले बताए । उनले भने, 'भुटानमा नेपाली अक्षरहरु बुझ्दैनन । तर, नेपाली गीत, फिल्महरु भने सबैले बुझ्छन ।' 

जब भुटानी शरणर्थीको चलचित्र भुटान पुग्यो

सन १९९० को दशकमा धेरै नेपाली भाषीहरु भुटानबाट भारतमा खेदिए । भारतिय भुमिमा आएका हजारौँ भुटानीहरुलाइ भारतिय प्रहरीले नेपाली सिमानामा ल्याएर छोड्यो । त्यो घटना पछि नेपाली भाषीहरुसँग भुटान शसंकित हुन थाल्यो । भुटानी राज्यको नियम मान्नेसँग लचक हुने राज्य बागि स्वरहरुसँग भने भुटान कठोर छ । त्यस्तै कठोरताको तनावमा फूलबारीमा आएका केहि चालहरु परेका चालकहरु बताउँछन । 

केहि समय अगाडि भुटानी शरणर्थीलाइ देश निकाला गर्दा गरिएको हिंसा, हत्या र बलात्कारका कुराहरु समेटेको एक चलचित्र नेपाली भाषीसँगै भुटान पुगेछ ।

भुटान पुगेपछि प्रहरीले त्यी चालकलाइ केरकार गरेको र मोबाइल जफत गरेको एक चालकले बताए । त्यो घटनापछि भने नेपाली भाषी भुटानी ट्रक चालकहरुले भुटानको राजतन्त्र विरोधि कुराहरु भने लान छाडेका त्यि चालकले बताए ।  उनले भने, 'भुटानमा नेपाली गीत र फिल्म लान मिल्छ तर भुटान बिरोधि लादाँ पुलिसले सताउँछ ।'



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।