बिहीबार, साउन ७, २०८३

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रामेछाप- रामेछापको खरानेमा भएको टाटा सुमो दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । रामेछाप नगरपालिका–१ गोठगाँउका सुमो चालक २६ वर्षीय हेम बहादुर खत्रीको अइतबार बिहान मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ३ पुगेको हो । 

शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट अन्दाजी २५० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र उनकी आमा ७५ बर्षीया ललिमाया कार्की रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।