बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्‍त्री फेर्ने तयारीमा प्रधानमन्‍त्री : नेकपाको सचिवालय बैठकमा छलफल हुने

मन्‍त्री फेर्ने तयारीमा प्रधानमन्‍त्री : नेकपाको सचिवालय बैठकमा छलफल हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लामो समयदेखि बस्‍न नसकेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा सरकारका कामकारबाहीका विषयमा व्‍यापक समीक्षा हुने भएको छ। जनस्तरबाट सरकारको व्यापक आलोचना भएकोले सरकारका मन्त्रीहरु फेरबदलको विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

पार्टीको आन्तरिक विवाद र दसैँ कारण लगातार दुई पटक स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको दुई दिने बैठक आइतबार बस्दै छ। पूर्व निर्धारित असोज २४ र २७ गते बस्न नसकेको सचिवालय बैठक बिहान बस्‍ने निश्चित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठकमा पार्टी संगठनहरुको एकीकरण, केन्द्रीय आयोग र विभागहरुको गठनबारे केन्द्रित हुनेछ।  उनले भने, 'बैठकमा पार्टीकोको तल्ला कमिटिको एकीकरण, संसद र सरकार सञ्‍चालनका विषय नै बैठकको एजेण्डा बन्‍ने छन्।

बैठकमा सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल हुनेछ।  एमाले र माओवादीबीच एकता भएको पाँच महिना बितिसक्दा पनि गठन हुन नसकेको पोलिटव्युरोको एजेण्डा पनि बैठकमा प्रवेश गर्ने सम्भावना छ।

बैठकमा सचिवालय सदस्य एवं वरिष्ठ नेता माधव नेपालले प्रदेश नेतृत्व छनौटबारे पटकपटक सार्वजनिक र औपचारिकरुपमा व्यक्त गर्दै आएको असन्तुष्टीबारे समेत छलफल हुनेछ।

नेता नेपालले पार्टीमा आफूलार्इ 'बाइपास’ गरेर प्रदेश नेतृत्व छनौट गरेको भन्दै त्यसविरुद्ध पार्टी सचिवालयमा निवेदन दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसँघको महासभामा भाग लिन अमेरिका गएका बेला संसद र आफुले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले पार्टी नेतृत्वको एकलौटी निर्णय विरुद्ध एकत्रित हुन स्थायी कमिटि सदस्यहरुलाई आव्हान गरेका थिए।

बैठकमा रामविरको राजिनामा प्रस्ताव  बामदेवको उम्मेदवारीका विषयमा पनि छलफल हुने भएको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।