बिहीबार, साउन ७, २०८३

आँगनमा दशैं तिहार, आँखामा आँशुको ताल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- दशैंका सकिन थालेको छ। दशैंको चहलपहल नियाली रहेकी थिइन् वीरेन्द्रनगर–९ कि जयकला कार्की। घरको छतबाट अरुको खुशी नियाली रहेकी उनको अनुहार भने निकै मलिन थियो। उमेरले डुब्न लागेको घामजस्तै कार्कीको अनुहारमा दुःख र पीडा देखिन्थ्यो। कारण आँगनमै आएको दशै र नजिकिदै गरेको तिहार हो। किनकी आफन्तीसँग दशैं मनाउन पाइनन् उनले। विगत १५-१६ वर्षदेखि न उनको घर छ न त दशैंमा उनलाई भेट्न आफन्ती नै आउँछन्। जसले गर्दा दिशैं र तिहारमा तिर्खा आँशुसँगै पीडामा बित्छ। वीरेन्द्रनगर-९ स्थित प्रशान्ती बृद्धाश्रममा बस्दै आएकी कार्कीलाई दशै, तिहार नआइदिए जस्तो हुन्छ।

दशैको प्रसंग कोट्याउनबित्तिकै उनको अनुहार बादल लाग्यो। कुरा अन्तै मोड्न खोजेपनि आँशुका रोकिएनन्। दशैंमा आफन्तीहरुले घरभरिएको, आफैंले पकाएका सेलरोटी र रातो भालेको मासु अनि साँचेर राखेको पहेलो काँक्राको अचार । परालको गुन्द्र्रिमा बसेर आफन्तीसँग लगाएको दशैको टिका र जमरा । छिनभरमै विगत सम्झिन् उनले। त्यसपछि शुरु गरिन जीन्दगीका रामकहानीहरु। ‘मलाई भाग्यले नै ठगेको रहेछ बाबु! आँशुका पुछ्दै उनले भनिन्, ‘छोरा जन्मिएनन्, छोरा नभएकै कारण म यहाँ आउनु पर्‍यो।’

जीन्दगीका हजारौं हन्डर र ठक्करहरु शब्दमा अटाउन नसक्ने गरी सुनाइन् उनले । ‘८१ वर्ष भए ।’ भनिन ‘आधा जुनी रोएरै बित्यो ।’ छोरा नभएकै कारण दशैंमा गाउँलेले खसीको मासु समेत नदिएको उनले सुनाइन्। ‘श्रीमानको मृत्यु र एकमात्र छोरीको विहेपछि सयौं रातहरु अनिद्रामै बिताए ।’ उनले भनिन ‘शरीरले नधानेपछि सास रहुन्जेल यही बस्नेगरी आएकी हुँ।’

त्यस्तै वीरेन्द्रनगर–१ की बासुदेवी गिरीलाई पनि दशैं तिहारले थप पीडा दिएको छ। त्यहाँ पुग्दा मासको दालमा मिसिएका ढुङ्गाहरु केलाउँदै गरेकी गिरीले आफू पनि समाजमा त्यही ढुङ्गाजस्तै भएको बताइन्। ‘जसरी हामीले दालमा मिसिएका ढ्ङ्गा फाल्छौ, त्यसरीनै समाजले हामीलाई फाले र हामी यहाँ आएर बसेका छौँ’ गिरीले बेलिविस्तार लगाइन्। ‘हामी सबै भाग्यले ठगिएकाहरु हौँ ।’ दौंतरीहरुलाई देखाउँदै भनिन ‘कसैका सन्तान छैनन, भएका सन्तान साथमा छैनन, हामीसँग को आउँछ र दशै मनाउनु?’

'जन्मेको १५ दिनमै आमाले छोडेर गइन, भाग्यले सानेदेखि ठग्यो।’ गिरीले भनिन ‘४२ सालमा श्रीमानको मृत्यु भयो, श्रीमानको मृत्युसँगै दशैंको खुशीपनि मरेर गया ।’ जीवनसाथी गुमाएपछि हरेक पाइलामा ठेस लाग्ने गरेको उनको भनाई छ। ‘दशैं आएपछि शुरुशुरुमा छोरीज्वाँइ आउथे।’ उनले सुनाईन ‘छोरीज्वाँइको खुशीका लागि आँशु लुकाएर खुशीले आर्शिवाद दिन्थे तर विस्तारै छोरीज्वाँइ आउने बाटो पनि मेटिदै गयो।’

यति भनिसकेपछि आँखाका डिलबाट आशु ढिक्काहरु खसे । गला अबरुद्ध पार्दै भनिन्, ‘नाती, छोरी र ज्वाँइ दशैमा घरआउँदा भगवान आएजस्तै लाग्थ्यो, आफ्नै हातले पकाएको मिठो मसिनो, टिका र जमरा लगाएर विदाई गर्थे ।’ ‘तर त्यो खुशी धेरै दिन टिकेन’ उनले थपिन्, ‘केही वर्षअघि ज्वाँइको पनि मृत्यु भयो, ‘त्यसपछि छोरीका पनि दुःखका दिन शुरु भए।’ पटक–पटक नातीको नाम लिएको गिरीले आर्थिक र शारीरिक अवस्था कमजोर हुँदै गएपनि आफन्तीहरुले माया मारेको बताइन्। ‘छोरा नभएपछि एकातिर वर्षैदेखि समाजले हेप्ने प्रवृति, अर्कातिर बुढेसकालमा पानी दिने कोही भएन।’ उनले दुःख पोखिन, ‘त्यसपछि यहाँ आए, अब मरुन्जेल यही बस्ने हो।’

दशैमा दुःखी हुने कार्की र गिरी त प्रतिनिधिमूलक पात्र मात्रै हुन। उनीहरुसँगै बृद्धाश्रममा बस्दै आएका ११ जनाको पीडा पनि उस्तै छ। डुब्न लागेको घामजस्तै उनीहरुमध्ये कतिपयले सन्तान र आफन्तीलाई सम्झेर आँशुको तालमै जीवन बिताउँछन् भने कतिपयले भाग्यलाई सराप्दै दशैं खल्लो भएको बताउँछन्।
 
सामाजिक अगुवाहरुको सक्रियतामा सञ्चालनमा आएको प्रशान्ति बृद्धाश्रमका सुर्खेत, दैलेख, सल्यान, रुकुम लगायतका ठाउँका ११ जना बस्दै आएका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।