बिहीबार, साउन ७, २०८३

सेल्टालार्इ हराउँदै अलाभेस ला लिगाको शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अलाभेस स्पेनीस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएका छ। प्रतियोगिताअन्तर्गत शुक्रबार राति भएको खेलमा अलाभेसले सेल्टा भिगोलाई उसैको मैदानमा १–० ले हराएको हो।

अलाभेसलाई जिताउन खेलको ५८ औं मिनेटमा टोमस पिनाले निर्णायक गोल गरे। खेलमा ६१ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि सेल्टाले गोल गर्न भने सकेन। जितसँगै अलाभेसले ९ खेलबाट १७ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको सेभियाको १६, तेस्रो स्थानको साविक विजेता बार्सिलोनाको १५ र चौंथो स्थानको एथ्लेटिको मड्रिडको १५ अंक छ। तर सेभिया र बार्सिलोना र एथ्लेटिको मड्रिडले एक खेल कम खेलेका छन्। पराजित सेल्टा भिगो भने १० अंकका साथ दशौं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।