बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पन्‍जाबमा रेलले भीडलार्इ किच्‍दा कम्तीमा ६२ जनाको मृत्यु

पन्‍जाबमा रेलले भीडलार्इ किच्‍दा कम्तीमा ६२ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं, कार्तिक ३: भारतको उत्तरी राज्य पञ्‍जाबस्थित एक शहरमा रावणको पुतला दोहन गर्ने कार्यक्रममा दुर्घटना हुँदा कम्तीमा ६२ जनाको ज्‍यान गएको छ।

अमृतसर शहर नजिकै पर्ने जोडाफाँटमा शुक्रबार साँझ हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिक नजिकै भेला भएको भीडलार्इ रेलले किच्दा ६२ जनाको ज्‍यान गएको बीबीसीले जनाएको छ।  समाचारअनुसार तीब्र गतिको सो रेल पठानकोटबाट अमृतसर जाँदै थियो ।

प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्। भीडलार्इ किच्दा उक्त चापले रेल पनि पल्टिएको जनाइएको छ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्‍चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो। त्यही वेला पछाडिबाट आएको रेलले उनीहरुलाई किचेको बताइएको छ । दुर्घटनामा एक सय पचासभन्दा बढी घाइते भएका छन्। घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ।

भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा एउटा रेल मानिसहरूको भिडमा पुगेपछि ६० जनाभन्दा बढीको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।