शुक्रबार, जेठ १, २०८३

पत्रकार जमाल खशोगीको इस्तानबुलमा हत्या भएको पुष्टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
साउदी अरब- साउदी अरेबियाको एउटा सरकारी टेलिभिजनले पत्रकार जमाल खसोगीको हत्या गरिएको पुष्टि भएको छ।

सरकारी टेलिभिजनले खसोगीको टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा एक संघर्षपछि ज्यान गएको पुष्टि भएको हो ।

यो मामिलाका डेप्युटि इन्टेलिजेन्स चीफ अहमद अल असीरी र राजकुमार मोहम्मद विन सलमानका वरिष्ठ सहयोगी साउद अल कथानीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

पत्रकार खसोगीको हत्या आरोपमा साउदी अरेबियाका १८ जनालाई पक्राउ गरिएको छ । पत्रकार खशोगीको हत्या भएको तथ्य झूटो भएको भन्दै आएको  साउदी सरकारले पहिलो पटक खशोगीको दूतावासमै हत्या भएको स्वीकारेको हो ।

खशोगी राजकुमार मोहम्मद विन सलमानका आलोचक मानिन्थे र उनी गत वर्षदेखि अमेरिकामा बस्दै आएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।