बिहीबार, साउन ७, २०८३

खुकुरी प्रहार गरी युवकको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मोरङ- मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।

गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।