काठमाडौं- नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टरार्इले प्रधानमन्त्री केपीशर्मा ओलीले राजाको जस्तै हुकुमीशैली देखाएको आरोप लगाएका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टरार्इले शुभ साइतमा टीका ग्रहण गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, 'पहिले राजाले आफूलार्इ भगवानको अवतारको रुपमा मान्ने र जनतालार्इ टीका लगाइदिने प्रचलन थियो। तर, जननिर्वाचित प्रधानमन्त्रीले जनतालार्इ टीका-जमरा लगाइदिनु त्यती नसुहाएको बताए।'
उनले लोकतन्त्रमा जनतामाथि ठूलो जननिर्वाचित प्रधानमन्त्री नहु्ने भएकोले पदको दम्भले आफूलार्इ राजा वा भगवानको रुपमा मान्नु हुकुमी व्यवहार भएको बताए। उनले थपे, 'दशैंको टीका आफन्त तथा मान्यजनसँग लगाइने भएकोले जननिर्वाचित प्रधानमन्त्रीले जनतालार्इ टीका लगाउनु लोकतान्त्रिक मान्यविपरित हो।'
लोकतन्त्रमा जनताभन्दा माथि जननिर्वाचित प्रधानमन्त्री नहुने भएकोले प्रधानमन्त्रीले आफूलार्इ जबरजस्ती ठूलो देखाएर शक्ति प्रदर्शन गर्न खोजेकोसमेत आरोप लगाएका छन्।
डा भट्टराई र उनकी पत्नी हिसिला यमीले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका ग्रहण गरेका हुन्।
पिताको हातबाट टीका र आर्शिवाद ग्रहण गर्दा खुसी लागेको भट्टराईले प्रतिक्रिया दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४