चितवन- विजयादशमीको एकाविहानै चितवनमा बस पल्टिदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा बिहीबार विहान साढे २ बजे बस दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको हो । काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ज्यान गुमाउने मध्ये झापाको मेची नगरपालिका–८ का चालक उदयमान राजवंशीको शनाखत भएको छ भने बाँकी २ जना पुरुषको शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइते २३ जनाको अवस्था खतरा मुक्त रहेको छ भने एकजनाको नयाँ मेडिकल कलेज र बाँकी २२ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घुम्तिमा चालकले गाडी काट्न नभ्याएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रातिको समयमा चालक निदाएका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४