धरान- धरानस्थित एक कत्था उद्योगमा आगलागी भएको छ।
बिहीबार अपरान्ह धरानको औधोगिक क्षेत्रस्थित सूर्य कत्था उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि पाँचवटा वारुण यन्त्र प्रयोग गरिएको जनाइएको छ। आगलागीबाट तयारी अवस्थामा रहेका तीन हजार कत्थासमेत जलेको प्रहरीले जनाएको छ।
त्यसैगरी आगलागीबाट २५ करोड बराबरको क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ।
सरकारको स्वामित्वमा सञ्चालित उक्त औधोगिक क्षेत्रमा अन्य उद्योगहरुसमेत भएकोले आगो थप फैलनसक्ने जोखिम बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४