गोरखा- अत्यधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ। यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४