बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो

एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ। 

तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको हो। आजै टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजुमा लगेर पूजा गर्ने कार्य पुरा भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। 

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको हो। कुमारीको चतुर्ब्रह्म महाविहारमा लगि पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो। 

त्यसैगरी भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। महानवमीको दिन आज एकदिनका लागि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिने भएकाले तलेजु मन्दिर दर्शनार्थीहरुको भीड लागेको हो। महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो। 

सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँंग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ। किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन्। 
राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेकवर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्ने गर्दछ। 

एकअर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रुपमा प्रवेश गरेको जनविश्वास रहेको छ। त्यसैबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रुपमा पुजिन थालिएको हो। कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भएको थियो, त्यसपछि काठमाडौँ र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए। 

तलेजुमा दशैंमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा मनाइएको छ। तलेजुका मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुनेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।