काठमाडौं- काठमाडौंको ठुलो भर्याङमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बनस्थलीबाट स्वयम्भु जाँदै गरेको बा २९ प ३७०७ नम्बरको मोटरसाईकलले बिहीबार विहान पौने ६ बजे ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका–७ घर भई हाल सानो भर्याङ बस्ने बर्ष ५५ को वीरबहादुर तामाङ रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल कलंकीमा बिहान ६ः१० बजे मृत्यु भएको हो।
ठक्कर दिने सवारीसाधन र चालकलाई महानगरीय प्रहरी बृत स्वयम्भु नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४