बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङको एनजिओले पायो साढे तीन करोडको अन्तर्राष्ट्रिय पुरस्कार

मोरङको एनजिओले पायो साढे तीन करोडको अन्तर्राष्ट्रिय पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पिछडिएका समुदायको बालबालिकालाई विगत डेढ दशकदेखि शिक्षाको‌ अवसर प्रदान गर्न सकृय सामाजिक संस्था 'जीवन विकास समाज'  तीन लाख अमेरिकी डलर बराबरको एग फण्ड इन्टरनेशनल अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार राशी हालको सटही दर अनुसार नेपाली तीन करोड चौवन्न लाख रुपैयाँ हुन आउँछ ।‌‌‌‌‌‌‌‌‌‌

स्वीट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपाली समय अनुसार बुधबार साँझ आयोजित कार्यक्रममा समाजको  संस्थापक तथा कार्यकारी निर्देशक योगेन्द्र मण्डलले साउदी ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌राजकुमार अब्दुल ‌‌‌‌‌‌‌‌‌‌‌‌‌अजिज बिन तलाल र स्पेनकी महारानी सोफियाबाट‌ संयुक्तरुपमा पुरस्कार ग्रहण गरेका हुन् ।‌ 

जेनेभामा पुरस्कार ‌‌‌‌‌‌‌‌वितरण समारोहलाई सम्बोधन गर्दै मण्डलले आफू स्नातक तहमा अध्ययनरत हुँदा आफ्नै गाउँको विपन्न परिवारका बालबालिकाले आधारभूत शिक्षाको अवसरबाट समेत बंचित रहेको देखेपछि गाउँमै पढाउन थालेको बताए । 

उनले गाउँमै गुणस्तरिय शिक्षाको अवसर पाउँदा पिछडिएको समुदायका बालबालिकाको उच्च ‌‌‌‌‌‌शिक्षासम्म सुनिश्चित भएको जानकारी दिंदै पुरस्कारबाट सम्मानित ‌‌‌‌‌‌‌‌हुन पाउँदा पिछडिएको तथा विपन्न वर्गमाझ गुणस्तरिय शिक्षा पुर्याउने अभियानमा उर्जा थप्ने प्रतिकृया ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌व्यक्त गरे ।

नेपालले कसरी पायो पुरस्कार ?

एग फण्डले सन् २०१७ को‌ लागी विभिन्न चारवटा क्षेत्रमा पुरस्कारको घोषणा गर्दै राष्ट्र‌‌ संघको सदस्य‌‌ राष्ट्रलाई मनोनयनको आह्वान गरेको थियो ।

पुरस्कारको लागी विभिन्न मुलुकबाट  कूल ७६ वटा मनोनयन परेकोमा नेपालबाट शिक्षा मन्त्रालयले जीवन विकास‌ समाज संस्थाको नाम मनोनयनको लागी सिफारिस गरेको थियो ।

एग फण्डको निर्णायक समितिले राष्ट्र संघको दीगो विकास लक्ष्यको प्राप्तिको लागी राष्ट्रिय स्तरको गैर सरकारी संस्थाद्वारा संचालित शैक्षिक परियोजनामध्ये नेपालबाट प्राप्त प्रस्तावलाई उत्कृष्ट ठहर गर्दै पुरस्कारको लागी ‌‌‌‌‌चयन गरेको‌ हो ।

पुरस्कार ‌‌‌‌‌‌‌‌‌‌‌‌‌अन्तर्गत पहिलो श्रेणीमा ४ लाख, दोस्रो श्रेणीमा ३ लाख, तेश्रोमा २ लाख र चौथोमा‌१ लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको थियो । यो मध्ये यसवर्ष वितरण गरिएको तीनवटै पुरस्कार मध्ये पहिलो, दोश्रो ‌‌‌‌र‌ चौथो पुरस्कार क्रमशः दक्षिण एशियाली मुलुक बंगलादेश, नेपाल र भारतले‌ पाएको छ।

२ लाख अमेरिकी डलर राशीको तेश्रो ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌श्रेणीको पुरस्कारको लागी उपयुक्त ‌‌‌‌‌‌‌‌‌‌मनोनयन नपरेकोले यस वर्ष स्थगन गरिएको एग फण्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

सन् १९८० मा‌ साउदी अरब इमिरेट्सका राजकुमार तलाल‌ बिन अब्दुल अजिजको पहलमा  ६ वटा खाडी मुलुकहरुको सहभागितामा अरब गल्फ‌ फण्ड फर डेभलपमेन्ट (एग‌ फण्ड) को स्थापना भएको हो ।

 संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यमा सघाउने व्यक्तिगत वा संस्थागत पहलको‌ लागी एग फण्डले सन् १९९९ देखि  पुरस्कार वितरण गर्दै आएको छ।



जीवन विकास समाज संस्थाको परिचय

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले विपन्न समुदायका बालबालिकालाई गुणस्तरिय शिक्षामा पहुँच सुनिश्चित गर्न शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ ।

२०५४ साल असोज ६ गते विधिवतरुपमा‌ संचालनमा आएको जीवन विकास समाजले मोरङको‌ कदमाहा गाउँमा जनजाति तथा पिछडिएका बालबालिकालाई समेटेर पहिलो पटक शैक्षिक कार्यक्रम ‌‌‌‌‌‌‌‌‌‌‌‌‌संचालनमा ल्याएको हो । यस्ले २०६५ देखि मोरङको कदमाहामा जीवन विकास विद्यालय संचालन गर्दै ‌‌‌‌‌‌‌‌‌‌आएको‌ छ।

यो संस्थाले अहिले‌‌ पूर्वको छ‌‌ र  मध्य नेपालको एक सहित सात जिल्लामा ७५ वटा शाखा मार्फत् लघुवित्त सेवा पुर्याइरहेको छ।

जीवन विकास ‌‌‌‌‌‌‌‌‌‌‌‌‌समाजले स्वास्थ्य सेवा, बाल विकास केन्द्र,प्राविधिक तालिम, किशोरीहरुले विद्यालय छोड्ने दर घटाउन नौलो बिहानी विशेष शिक्षा कार्यक्रम संचालन गरिरहेको संस्थाको वरिष्ठ प्रबन्धक दामोदर रेग्मीले नेपाल समयलाई जानकारी दिए ।

पुरस्कार राशी केमा प्रयोग ‌‌‌‌‌‌‌‌हुन्छ ?

विपन्न वर्गका बालबालिकालाई गुणस्तरिय शिक्षा पुर्याउने अभियानमै पुरस्कार राशी खर्च गरिने संस्थाले जानकारी दिएको छ। 

सामु‌दायीक विद्यालयलाई गुणस्तरिय ‌‌‌‌‌‌‌‌‌‌शिक्षा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तथा शैक्षिक जनशक्तिको प्रवध्दनमा पुरस्कार राशी प्रयोग गरिने मुख्य प्रबन्धक दामोदर रेग्मीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।