काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।
ओलीले भोली शुक्रबार दिउँसो २ बजेदेखि टिका लगाइ दिने भएका हुन् । दिउँसो २ बजे पहिलो चरणमा मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसपछि पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रमम छ ।
सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म ५ दिन प्रधानमन्त्री ओलीले विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई टिका लगाउने समय तय गरिएको छ ।
प्रधानमन्त्री ओलीले भने भोली विहान पौने १० बजे शुभसाइको टिका बुबा मोहनप्रसाद ओलीको हातबाट ग्रहण गर्ने भएका छन् । त्यसपछि दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका लगाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४