बिहीबार, साउन ७, २०८३

राजदेवीमा एकैरातमा १५ हजार बोका काटिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरको राजदेवी मन्दिरमा एकैरातमा १४ हजार ९९७ बोकाबली दिइएको छ । यो अघिल्लो वर्षको तुलानामा २ हजार ६९० ले बढि हो । गत वर्ष यो संख्या १२ हजार ३०७ थियो ।

विजया दशमी अन्तर्गत महाष्टमीको राती भएको बोकाबलीमा यो संख्यावृद्धि भएको हो । राजदेवी मन्दिरमा यस वर्ष महाष्टमीको राती १४ हजार ९९७ बोकाबली भएको पूजा समन्वय गर्दै आइरहेको महावीर युवा कमिटीका महासचिव अजयकुमार गुप्ताले जानकारी दिए । 

राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राती बोकाबली हुने गरेको छ । बुधबार साँझ करिब साढे सातबजे शुरु भएको बोकाबली बिहान ३ बजेसम्म चलेको थियो । बोकाबलीका लागि ठुलो लाम भएपछि समयमै व्यवस्थापन गर्न मन्दिरभित्र चारस्थानमा बोकाबली दिइएको थियो ।

बुधबार राती हुने बोकाबलीका लागि श्रद्धालुहरु बिहानैबाट लाम लागेका थिए । राजदेवी मन्दिरमा बोकाबलीका लागि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाका साथै भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन् । राजदेवी मन्दिरमा बोकाबली गरेपछि भाकल पुरा हुने जनविश्वास रहेको छ ।

महाष्टमीको राती हुने बोकाबलीलाई व्यवस्थित रुपमा सम्पन्न गर्न स्थानीय युवा क्लबका पाँच सय भन्दा बढी युवाहरु परिचालित गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।