बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १३ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीया वृद्ध पक्राउ

१३ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीया वृद्ध पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिता यादवको बलात्कारपछि हत्या भएको घटना एक हप्ता नपुग्दै फेरी एक बालिकासँग बलात्कार भएको घटना सार्वजनिक भएको छ।

धनुषाको विदेह नगरपालिकामा १३ वर्षीया एक बालिकालार्इ बलात्कार गरेको बताइएको छ। बलात्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका-७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई नियन्त्रणमा लिएको छ।

बालिकालाई पैसाको प्रलोभन देखाइ ठाकुरले गत सोमबार बालिकासँग दुष्कर्म गरेको पीडित परिवारको आरोप छ। स्रोतका अनुसार त्यहाँका केहि जनप्रतिनिधि र स्थानीय प्रहरीले समेत आर्थिक चलखेल गरेर घटना ढाकछोप गर्ने प्रयास गरेका थिए। तर बलात्कारको घटना सार्वजनिक भइसकेपछि प्रहरीले आरोपी ठाकुरलाई नियन्त्रणमे लिएको त्यहाँका स्थानीयहरुको भनाइ छ।

ठाकुरलाई बालिकासँग बलात्कार गरेको आरोपमा पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिएका छन् । थपलियाले ठाकुरमाथि आवश्यक अनुसन्धान भइरहेको बताए। 

आरोपी र बलात्कार भएको भनिएकी बालिकाको मंगलबार जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । स्वास्थ्य परीक्षणको रिपोर्ट आइसकेपछि सत्यतथ्य बाहिर आउने थपलियाले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।