बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजदेवी मन्दिरमा प्रसाददेखि बली चढाउनेको लाम (फोटो फिचर)

राजदेवी मन्दिरमा प्रसाददेखि बली चढाउनेको लाम (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- विजया दशमीको आठौँ दिन जनकपुरस्थित राजदेवीसहित विभन्न मन्दिरहरुमा श्रद्धालुको ठुलो संख्यामा भिड देखिएको छ। दशैंको अवसरमा महाअष्टमीको दिन राजा जनककी कुलदेवता भनिएकी राजदेवीमाताको पूजाअर्चना र प्रसाद चढाउनेको हरेक वर्ष ठुलो संख्यामा भिड हुनेगरेको छ।

राजदेवी मन्दिरमा प्रसाद चढाउनेहरु मंगलबार राती १२ देखि लाममा बसेका थिए। राजदेवी मन्दिरमा मंगलबार राति १२ बजेदेखि शुरु भएको प्रसाद चढाउने कार्यक्रम बुधबार २ बजेसम्म चलेको थियो। राजदेवी मन्दिरमा अष्टमीको दिन प्रसाद चढाउन जनकपुरसहित नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु पुग्ने गरेका छन्।

महाष्टमीको दिन मात्रै एक लाखभन्दा बढी श्रद्धालुले राजदेवी मन्दिरमा प्रसाद चढाउनुका साथै पूजाअर्चना गर्दछन्। राजदेवी मन्दिरमा प्रसाद चढाउनेको संख्या बढेपछि जनकपुरका मिठाइ पसलहरुमा मिठाइको समेत अभाव भएको थियो।


आज राति बोकाबली

जनकपुरस्थित राजदेवी मन्दिरमा वर्षमा एक दिन महाष्टमीको रातीमात्र बोकाबली हुनेगरेको छ। बुधबार साँझ सात बजेदेखि शुरु हुने बोकाबलीका लागि बिहानदेखि श्रद्धालुहरु लाम लागेर बसेका छन्। भाकल गरेका साथै अन्य व्यक्तिहरुले समेत महाष्टमीका राती राजदेवी मन्दिरमा बोकाबली गर्ने गरेका छन्। 


यहाँ बोकाबलीका लागि नेपालका साथै भारतबाट समेत श्रद्धालुहरु पुग्ने गरेका छन्। अन्य वर्ष झैँ यस वर्षपनि हजारौंको संख्यामा राजदेवी मन्दिरमा बोकाबली हुने अनुमान पूजा समन्वय गर्दै आइरहेको महावीर युवा कमिटी र राम युवा कमिटीका पदाधिकारीहरुको छ। यस वर्ष १४ हजारको संख्यामा बोकाबली हुने आफूहरुको अनुमान रहेको महावीर युवा कमिटीका महासचिव अजयकुमार गुप्ताले बताए। राजदेवी मन्दिरमा बोकाबलीका लागि एक सप्ताह अगाडीदेखि रसिद काट्ने कार्य शुरु भइसकेको छ।

निःशुल्क भोजन

महाष्टमीको दिन जनकपुर पुग्ने श्रद्धालुहरुका लागि निःशुल्क भोजनको समेत व्यवस्था गर्ने गरिएको छ। जनकपुरको रेडियो मिथिला, मिथिला डटकम दैनिक पत्रिका र काठमाण्डौंबाट प्रकाशन हुने नेपाल समय मेडिया प्रा.लि.का अध्यक्ष विश्वनाथप्रसाद शाहले श्रद्धालुहरुका लागि हरेक वर्ष निःशुल्क भोजनको व्यवस्था गर्दै आइरहेका छन्।



मन्दिरमा दर्शन तथा बोकाबलीका लागि जनकपुर टाढाबाट आउने श्रद्धालुहरुलाई सुविधा पुर्‍याउने उद्देश्यले अध्यक्ष शाह विगत ९ वर्षदेखि राम युवा कमिटी परिसरमा निःशुल्क भोजनको व्यवस्थापन गर्दै आएका छन् । निःशुल्क भोजनबाट हरेक वर्ष चार हजारदेखि पाँच हजार श्रद्धालु लाभान्वित हुँदै आएका छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।