बिहीबार, साउन ७, २०८३

दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाँके- दशैँको मुख्य समयमा नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप अत्यधिक रूपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून हुँदा यात्रुले टिकट सहज रुपमा टिकट पाउन सकेका छैनन् । धेरै यात्रुहरु विमानस्थलमै अलपत्र परेको राससले जनाएको छ। 

जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ । कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन । कर्णालीका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सडक यातायात पुगे पनि त्यति भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले आवतजावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ । 

टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधैँ मर्कामा पर्ने गर्छन् । टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ । 

हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सामान्य सर्वसाधारणको बिचल्ली नै भएको छ । “दशैँको फूलपाती भित्रिसक्यो, आज महाअष्टमी तर अहिलेसम्म टिकट नपाएर घर फर्किने सुरसार नै छैन”, मुगुका सुरेन्द्र शाहीले भने, “टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडिएको छ, सर्वसाधारण लाई चाहिँ बिचल्ली पार्ने काम भएको छ ।” 

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडान भन्दा यात्रुको चाप धेरै भएको बताए । उनका अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एयरले दैनिक रूपमा एक÷एक उडान भर्दै आएका छन् । 

“सीता एयरको जहाज अहिले बिग्रेको छ, नेपाल एयरको जहाजले आइतबारबाट मात्रै उडान शुरु गरेको छ”, उनले भने, “तारा र समिट एयरसँग एक÷एक मात्रै जहाज चालु अवस्थामा छन्, यी दुई जहाजले दैनिक रूपमा उडान भर्छन् ।” 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।