सिराह- प्रहरीले तीन बोरा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-९ जिरोमाइल बस्ने गंगाप्रसाद यादव रहेको प्रहरीले जनाएको छ।
यादवलाई लागुऔषधसहित उनको घरबाटै पक्राउ गरिएको सिरहा प्रहरीले जानकारी दिएको छ। यादवले घरमा लागुऔषध लुकाएर राखेको गोप्य सूचनाको आधारमा मंगलबार प्रहरीले छापा मारेको थियो। छापामार्ने क्रममा उनको घरबाट तीन बोरा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहका डीएसपी माधवराज खरेलले जानकारी दिए।
यादवको घरबाट तीन बोरामा प्याक गरी राखिएको अवस्थामा डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल, नाइट्रोकाइट ६ डब्बा १ हजार ८ सय थान, स्पास्मोस ६ डब्बा ८ सय ६४ थान र पोडविन १ सय ८० थान बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४