जुम्ला- बसपार्क नजिकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरेको हो। उक्त रकम जफत गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
दशैँतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरु गरेको छ। सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४