सोमबार, चैत २, २०८२

उत्तर कोरियाली नेता किमलाई मंगोलियाको निम्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
उलानबटोर- उत्तर कोरियाली नेता कीम जोङ उनलाई मङ्गोलिया भ्रमणका लागि निमन्त्रणा गरेको मङ्गोलियाका एक उच्च अधिकारीले बताएका छन्। 

मङ्गोलियाले नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर बैठकका लागि यो आमन्त्रण गरेको हो। दुवै नेताबीच गत जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । दोस्रो शिखर बैठकको स्थान र मिति अझै तय भइसकेको छैन। 

मङ्गोलियाली राष्ट्रपति खल्टमा बाटुल्गाको कार्यालयका अनुसार कीमलाई गत अक्टोबर १० मा निमन्त्रणा पठाइएको छ। तर निमन्त्रण पत्रमा भ्रमणको मिति खुलाइएको छैन। 

उत्तर कोरियाली नेताले आफूलाई अनुकूल हुने समयमा भ्रमण गर्न सक्नुहुनेछ, राष्ट्रपति कार्यालयका अधिकारीले बताएका छन्। 

मङ्गोलियाले यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच पहिलो शिखर बैठकका लागि प्रस्ताव गरेको थियो, तर दुवै नेताले सिंगापुरमा बैठक गर्ने सहमति जनाएका थिए। राष्ट्रपति ट्रम्पले गत साता तीन वा चारवटा स्थान पहिचान गरिएको बताउनुभएको थियो। 

कीमले सन् २०११ मा सत्ताको बागडोर सम्हालेयता यसै वर्ष चीनको तीनपटक भ्रमण गर्नुभएको छ। 

चीन र रसियाबीचमा रहेको प्रजातान्त्रिक मुलुक मङ्गोलियाको उत्तर कोरियासँगको सम्बन्ध निकै प्रगाढ रहेको छ। यसै वर्ष दुई मुलुकले दौत्य सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ मनाएका छन्। 

कीमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक कीम इल सुङले सन् १९८८ मा मङ्गोलियाको भ्रमण गर्नुभएको थियो। अक्टोबर २०१३ मा मङ्गोलियाका तत्कालीन राष्ट्रपति चाखिया एल्बेगदोर्जले प्योङयाङको भ्रमण गर्नु भएको थियो। 

करिब एक हजार २०० उत्तर कोरियालीहरु गत वर्षको अन्त्यसम्म मङ्गोलियामा कार्यरत रहेका थिए। तर संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि प्रतिबन्ध लगाए पश्चात उनीहरु प्योङयाङ फर्केको विश्वास गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।