वीरगंज- मकवानपुरमा उत्पादित गाँजा वीरगंज नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
चाडपर्वको बेला नाकामा निगरानी बढाएको प्रहरीले नेपाल-भारत सीमाको वीरगंज महानगरपालिका-१६ स्थित शंकराचार्यद्वारबाट २५ वर्षीय सोनु कुमार महतोलाई पक्राउ गरेको हो।
महतोले झोलामा लैजाँदै गरेको साढे ६ किलोग्राम गाँजासहित सोमबार अपरान्ह पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बिहारको मजफ्फपुर जिल्ला अन्तर्गत कारी थाना निवासी महतोले हेटौंडाबाट गाँजा खरिद गरेर ल्याएको बयान दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४