बिहीबार, साउन ७, २०८३

 रामेछापमा बस दुर्घटना: एकको मृत्यु, २९ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- रामेछाप खाडादेवी गाउँपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ घाइते भएका छन्। 

काठमाडौंबाट रामेछापको गाल्पातर्फ गइरहेको बा ३ ख ४६७५ नम्बरको बस दुर्घटना भएको हो। बसमा सवार एक बालिकाको मृत्यु भएको हो। उनको सनाखत भने हुन सकेको छैन । 

खाडादेवी गाउँपालिका ३ का वडाअध्यक्ष पुष्करकुमार कार्कीका अनुसार घाइते सबैको सिन्धुलीस्थित भरोसा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थल सिन्धुलीदेखि नजिकै पर्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।