धनुषा- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ।”
मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताए।
हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४