बिहीबार, साउन ७, २०८३

रुकुममा बस दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुकम- रुकुम पश्चिम मुसीकोट नगरपालिका-१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेका छन्। सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाईते भएका बिसीको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा सल्लेका आठ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन्। जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। 

गाडीले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई कुल्चिएको प्रहरीले जनाएको छ। सो गाडी आज दिउँसो दुर्घटनामा परेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।