बिहीबार, साउन ७, २०८३

महोत्तरीबाट लागुऔषधसहित तीन युवक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गौशाला- प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।  

भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान बरामद गरिएको उनले जानकारी दिए ।

 लागुऔषधसहित पक्राउ परेका ती युवकमाथि लागुऔषध ओसारपसार मुद्दा चलाइने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।