आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • मधेस
  • बारामा दुईवटा मत खसाल्न खोज्ने जसपा कार्यकर्ता पक्राउ

बारामा दुईवटा मत खसाल्न खोज्ने जसपा कार्यकर्ता पक्राउ

 |  आइतबार, वैशाख १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- बारामा एक जना मतदाता पक्राउ परेका छन्। बारा-२ को देवताल गाउँपालिका-७ पिपरपाती जब्दी मतदान केन्द्रबाट रामसागर यादव पक्राउ परेका हुन्।  

प्रहरीका अनुसार एउटा आफ्नो मत र अर्को नक्कली मत खसाउने क्रममा यादवलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका यादव जसपाका कार्यकर्ता रहेको बताइएको छ। त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

नामावली रुजु गरेर मतपत्र लिएका रामसागरले आफ्नो खल्तीबाट पनि नक्कली मतपत्र झिकेर मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको हो। उनले आफ्नो नामको मत खसाले पनि नक्कली मत भने खसाल्न पाएनन्।
 

प्रकाशित: Apr 23, 2023| 11:04 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्