बिहीबार, साउन ७, २०८३

कर्णाली नदीमा डुंगा पल्टियो, २ जना बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कैलाली- कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। 

कैलालीको मोहन्याल-७ पितमारी चिसापानीस्थित कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा जोशरीपुर–२ का पुरुषोत्तम चौधरी र बलबहादुर बडैला बेपत्ता भएका हुन् । डुंगामा पाँच जना रहेकामा तीन जना पौडिएर निस्किएको प्रहरीले जनाएको छ। 

सोमबार साँझ भएको दुर्घटनामा परि वेपत्ता भएका उनीहरुको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । मंगलबार बिहानसम्ममा उनीहरुको शव फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।