बिहीबार, साउन ७, २०८३

अनलाइनबाटै एनआईसीको समुन्‍नति खाता खोल्न मिल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ‘सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ’ भन्ने मुल नाराका साथ एनआईसी एशिया बैंकले आफ्ना ग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न सक्नेछन्। 

अब ग्राहकहरुले अनलाइनबाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाइनेछ। यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता”खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको जनाइएको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शाखाकार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको दाबी गरेको छ।

 बैंकको वासलातको आकार दुई सय अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६४ अर्ब तथा कर्जा १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ। हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार छ। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्