काठमाडौं- सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन काठमाडौं महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो।
अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिद दर्ता गरेका थिए।