शनिबार, भदौ ६, २०८३

कोभिड संक्रमित एक जनाको मृत्यु, १०६ थपिए

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् भने एक संक्रमितको मृत्यु भएको छ।

१८ सय ८३ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जना संक्रमणमुक्त भएका छन् भने ३५ हजार ९७ जनाले कोभिडको खोप लगाएका छन्।

आजको दिनमा देशभर सक्रिय संक्रमितको स‌ंख्या ४१४ छ। यीमध्ये २५ जना संस्थागत आइसोलेसन अर्थात् अस्पतालमा रहेकवमा ७ जना आइसीयूमा र ३ जना भेन्टिलेटरमा छन्।  

प्रकाशित: Apr 21, 2023| 16:06 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्