बिहीबार, साउन ७, २०८३

पोखराको आकाशमा चराझैं प्याराग्लाइडिङ (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- पर्यटकीय मौसमको सुरुवातसँगै यतिबेला पर्यटकीय नगरी पोखराको आकाशमा प्याराग्लाइडिङ गर्नेको ताँती लाग्‍न थालेको छ।

दिनहुँ सराङकोटको आकाशमा देखिएको रंगीविरंगी प्याराग्लाइडिङले उड्ने र उडाउनेको भीड लाग्‍न थालेको हो। अरू बेला सुनसान हुने प्याराग्लाइडिङ उडान यतिबेला सिजनसँगै व्यवसायीले आम्दानी पनि राम्रै गरेका छन्।  सराङकोट, पामे तथा खपौदीको आकाशमा चराझैं लस्करै उडीरहेका प्याराग्लाइडिङमा पर्यटक चढ्न हतारिन्छन्। 

हावाको गति, तापक्रम, ताल, वातावरण, उचाइका दृष्टिले उत्कृष्ट स्थान सराङ्कोटमा अहिले दैनिक सयौं पर्यटक प्याराग्लाइडिङमा रमाइरहेका देखिन्छन्। प्याराग्लाइडिङ गर्न आउनेमा स्वदेशीभन्दा विदेशी पर्यटकको संख्या उल्लेख्य पाइन्छ। सराङकोटको १५ सय मिटरको उचाइबाट हाम फाल्दै लेकसाइडको आकाशको विचरण गर्दै खपौदीमा ग्लाइडहरू उत्रिन्छन्। 

प्यराग्लाइडिङमा उड्नका लागि विदेशीलाई ७ हजार ५ सय र नेपालीहरूलाई ५ हजार रुपैयाँ प्रतिउडान शुल्क लिइन्छ। साथै प्याराग्लाइडिङमा उडेको तस्बिर लिनका लागि १७ सयदेखि २ हजार रुपैयाँ थप शुल्क लाग्छ।

१८ औं एसियाली खेलकुदमा २० वर्षपछि  प्याराग्लाइडिङमा नेपालले रजत पदक हात पारेपछि यसप्रतिको आकर्षण बढ्न थालेको छ। यही कार्तिकमा पोखरामा प्याराग्लाइडिङ विश्वकपसमेत आयोजना गरिने भएको छ। त्यसका लागि तयारीसमेत भइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।