बिहीबार, साउन ७, २०८३

दशैसँगै शक्तिपिठमा दर्शनार्थीको घुँइचो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड बढेको छ। बडा दशैंको अवसरमा शक्तिपिठमा विशेष पूजा-आराधना गर्नका लागि दर्शनार्थीहरुको भिड बढेको हो। 

कर्णाली प्रदेशमा पनि सुर्खेतको देउती बज्यै र सल्यानको खैरावाङ मन्दिरमा दशैको समयमा दर्शनालुहरुको भिडा लागेको छ। दशैंमा बली दिने र नयाँ सवारी साधान लिएकाहरुको भिड बढेको छ। बलि दिएपछि सत्यको विजय हुने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वासका साथ बली दिने चलन छ। देवताले दुर्घटनाबाट बचाउँछन् भन्ने विश्वासका साथ नयाँ सवारी किनेपछि शक्तिपिठमा पुजाआज गर्ने चलन छ।


त्यस्तै सल्यानको खैरावाङ भुवनेश्वरी मन्दिरमा पनि विहानदेखि दर्शनालुहरुको भिड लागेको छ। मन्दिरमा बलिचढाएर शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। मन्दिरमा बली चढाएपछि भवानी भुवनेश्वरीले मनले चिताएको मनकामना पूरा गरिदिने विश्वास रहेको छ। यो मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कोजागत पूर्णिमासम्म भक्तजनहरुको घुइँचो लाग्दछ। खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ। 

यता जुम्लाको चन्दनाथ मन्दिरमा केहीदिन अघिनै ५२ हाते लिंगो फेरेर दशैको स्वागत गरिएको छ । प्रशिद्ध शक्तिपिठका रुपले चिनिने धार्मिकस्थल चन्दननाथ-भैरवनाथमा ५२ हातको लिंगो तीनवटा लिंगोहरु राखिएको हो। 

मन्दिरमा प्रत्येक वर्ष घटस्थापनानको अवसरमा मन्दिर व्यवस्थापन समितिले ५२ हाते लिंगो, ५२ हातकै नेजा (ध्वजा) फेर्दै आएको छ। मन्दिरमा बली नचढाउने पनि लामो समयपछि घर विदामा आएका दर्शनार्थीहरुले चन्दनाथको दर्शन लिने गर्दछन्।



तस्विरः देउती बज्यै, खैराबाङ मन्दिरमा दर्शनालुहरुको भिड
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।