काठमाडौं- नेपालको समृद्धिको आधार मानिएको पर्यटन जसको महत्वपुर्ण अंग मानिन्छ होटल व्यवसायलार्इ। नेपाल आउने पर्यटकलार्इ सबैभन्दा पहिले नेपालको पहिचान र संस्कृतिको बारेमा परिचय गराउने जिम्मेवारी पनि तीनै होटल व्यवसायको हुन्छ।
तर, कतिपय यस्ता होटल व्यवसायीहरु छन्, जसले नेपालको सकारात्मक परिचय र हार्दिकता बाड्नुको साटो ठगी गरेर मुलुककै बदनाम गराउने काम गरेका छन्। जसमध्ये काठमाडौंको वषपार्कस्थित नाईट स्टार क्लबले पर्यटकलार्इ तीन गिलास जुसको तीस हजारभन्दा धेरै असुलेको रहस्य खुलेको छ।
भारतीय पर्यटकको आर्कषण बनेको पशुपतीनाथ मन्दिर दर्शन गर्न आएका तीन जना तिर्थ यात्रुलाई तीन गिलास जुसको तीसहजार मात्र लिईएनन् साथमा रहेको १३ हजार पाँच सय पनि लुटेका छन्।
भारतीय नागरिक कुमार वर्मा, अनिल कुमार वर्मा र नन्द कुमार पशुपतीनाथको दर्शन गर्न भारतबाट नेपाल अएका थिए। उनीहरुलार्इ बसपार्कमा रहेका गाइड बताउँदै सुविधा सम्पन तथा सस्तो होटल मिलाईदिने भन्दै बसपार्कस्थित एउटा क्लबमा पुर्याइयो।
होटलमा कोठा देखाउन भन्दै सँगै रहेको नाईट स्टार क्लबमा लगियो। होटलमा कोठा देखाईदिन भन्दै किन क्लबमा ल्याएको भन्दै भारतीय नागरीकले प्रश्न गर्न नपाउँदै एक महिलाले तिन गिलास जुस ल्याईन्। बिना अर्डर ल्याएको जुस तीनै जनाले लिन अस्वीकार गरे। तर, काउन्टरमा बसेका एक युवकले धम्क्याउँदै तीस हजारको बिल भुक्तान गर्न बाध्य पारे। त्यससँगै उनिहरुको साथमा रहेको १३ हजार पाँच सय समेत लुटेका छन्।
भारतीय पर्यटक लुटने सात जनालार्इ प्रहरीले नियन्त्रणमा लिइसकेको छ। महानगरीय प्रहरी प्रभाग महाराजगंजका प्रहरी नायब उपरीक्षक फरिन्द्र प्रसाईको टोलिले भारतीय पर्यटक ठग्ने सिन्धुली जिनखु-७ का २२ वर्षीय निर्मला तामाङ, उदयपुर बाँसबोटे-४, २० बर्षिय रुपा राई, सर्लाही, रानीगंज-४ की १८ बर्षिया रोसनी तामाङ, सरस्वती तामाङ, संखुवासभा रामबेनी- ७ का २३ वर्षका ओम राई, ओखलढुंगा लिखु-८ का २७ वर्षीय मेघ बहादुर मगर र नुवाकोट विदुर नगरपालीका-१२ का २५ वर्षीया विनोद अर्याल पक्राउ परेका छन्।
पक्राउ परेका सातै जनाविरुद्ध ठगी मुद्धामा अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४