काठमाडौं- तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका बेनु श्रेष्ठ र रमेश उप्रेती पक्राउ परेका छन्।
दुवै जनामाथि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएको थियो। इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सोधपुछ भइरहेको छ।
उक्त प्रकरणका अर्का अभियुक्त उप्रेतीलाई पनि दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाका अनुसार एक वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गौशालाबाट बरामद गरेको ३३ किलो सुनका पनि लगानीकर्ता श्रेष्ठ नै भएको प्रहरीको भनाइ छ। न्युरोडमा रहेको सुन पसलमा बिक्री गरी श्रेष्ठ दुबईबाट सुनको अवैध तस्करी गर्दै आएका थिए।
बेनुलार्इ सोमबार नै मोरङ प्रहरीलार्इ बुझाउने तयारी छ। दुबईमा रहेका अर्का मुख्य लगानीकर्ता हरिशरण खड्का अझै पक्राउ परेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४