बिहीबार, साउन ७, २०८३

गुल्मीमा जिप पल्टियो, २ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बाग्लुङ हटियाबाट बिशुखर्क धौलादिपतर्फ  आउदै गरेको लु १ ज २१८१ को जिप सोमबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि जीपका साहु ३५ वर्षका लालबहादुर गुरुङ र ५२ वर्षका भरत गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गाडी सडकबाट तीनसय मिटर तल खसेको छ । स्थानीयले बिहानमात्र जानकारी पाएका थिए । स्थानीय खबर गरेपछि मात्रै प्रहरीले जानकारी पाएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।