आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • कोशी
  • पदम लिम्बू : चैत ५ मा घाइते, १० मा मृत्यु, अन्त्येष्टि वैशाख ९ मा हुँदै

पदम लिम्बू : चैत ५ मा घाइते, १० मा मृत्यु, अन्त्येष्टि वैशाख ९ मा हुँदै

 |  बुधबार, वैशाख ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

vianetvianet

काठमाडौं- प्रदेश १ को नामकरण कोशी गरिएको विरोधमा आन्दोलन हुँदा प्रहरीसँगको झडपमा घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ)को शव वैशाख ९ गते अन्त्येष्टि गरिने भएको छ।  

triton college

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको मंगलबार बसेको बैठकले लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर यही शनिबार बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

यसैगरी संघर्ष समितिले वैशाख १० गते इटहरीमा विरोधसभा गर्ने र ११ गते विराटनगर केन्द्रित शान्तिूर्ण विरोध प्रर्दशन गर्ने पनि निर्णय गरेको छ। मोरङको बेलबारी घर भएका लाजेहाङ धरान बसेर राजनीतिमा सक्रिय थिए। उनी संघीय लिम्बुवान राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर थिए।

गत चैत १० गते उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा निधन भएका लाजेहाङको शव झण्डै एक महिनादेखि मर्चरीमै राखिएको छ। चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा लाजेहाङ घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो।

उनको निधनपछि पहिचान पक्षधर तथा प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन थप चर्काएको थियो। कोशी प्रदेश लेखिएको बोर्ड हटाउने, ब्यानर, कागजपत्र तथा स्टाम्प च्यात्ने, जलाउनेलगायतको आन्दोलन चर्कादा प्रदेश अशान्त बन्दै गएको थियो। चौतर्फी विरोध र दबाब परेपछि सरकारले लाजेहाङलाई चैत तेस्रो साता सहिद घोषणा गरेको थियो।
 

National life insurance

प्रकाशित: Apr 19, 2023| 16:33 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्