बिहीबार, साउन ७, २०८३

गाडीले बढी भाडा लियो ? १०१ वा १०३ मा फोन गर्नुहोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।  

उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उनले बताए । बढी भाडा लिने सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ । 

बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं– ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं– १०१ एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायले बताए । दशैँका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उनले बताए ।  लिएमा माथि उल्लेखित नं वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न विभागले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई अनुरोध गरिएको जनाइएको छ । 

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम बढेको यात्रुको गुनासो छ । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

असोज २४ गते घटस्थापनादेखि शनिबारसम्म ६० हजार १६८ सवारीमा पाँच लाख ७१ हजार ९८७ यात्रु दशैँ मान्न उपत्यका बाहिर गएको महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालले बताए । यस अवधिमा ५० हजार ७२९ सवारीमा तीन लाख १९ हजार ६०९ यात्रु उपत्यका भित्रिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।