काठमाडौं- नेपाली काँग्रेसले पार्टी नेता चक्र बास्तोलाको निधन भएको शोकमा सोमबार देशभरका पार्टी कार्यालयहरु बन्द गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गरेको निर्णय अनुसार आज २९ गते एकदिन केन्द्रीय कार्यालय, जिल्ला कार्यालयहरु र मातहतका अन्य सबै कार्यालय बन्द गरिएको हो ।
यस्तै नेता बास्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा सोमबारबाट झण्डा आधा झुकाएको छ ।
मस्तिष्काघात भएर ६ वर्षदेखि थलिएका बास्तोलाको शनिबार राति निधन भएको थियो । उनको आइतबार साँझ अन्तेष्टि गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४