शनिबार, भदौ ६, २०८३

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

बेनी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ।
 |  बुधबार, वैशाख ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ६, २०८०

 म्याग्दी- बेनी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ। बेनी–१ रत्नेचौरको घैयारामा मंगलबार साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको हो।

सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा ठोक्किएपछि घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ।

करिब ४० केजीको चितुवाको उमेर २ वर्ष रहेको अनुमान गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए। मृत चितुवाको बुधबार मुचुल्का तयार गरी व्यवस्थापन गरिँदै छ। 

प्रकाशित: Apr 19, 2023| 08:05 बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्