काठमाडौं– राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले दशैंको झल्को दिने गरि खबर लेखेका छन् ।
प्राकृतिक प्रकोपमा परि घर गुमाएकाहरुले त्रिपालमा दशैं मनाउँदै गरेको विषयलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ भने दशैं सुरु भएसंगै मिथिलावासी झिझियामा झुम्न थालेको विषयलाई अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले भने दशैंमा इन्धनको अभाव भएको विषयलाई मुख्य समाचार बनाएको छ । दशैंको मुखमा माग बढ्छ भन्ने जान्दा जान्दै पनि निगमले शुक्रबार नियमित मात्र तेल दियो, शनिबार डिपो बन्द गर्यो । जसका कारण तेलको अभाव भएको समाचारमा उल्लेख छ । दशैंको पाँच दिन पेट्रोलपम्प खुला भएपनि डिपो बन्द हुने नयाँ पत्रिकाले जनाएको छ ।
यस्तै आजको नयाँ पत्रिकाले एक तह बढुवा गरेर प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने गरि ऐन संसोधनको प्रस्ताव गरिएको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । उसले साढे ३३ किलो सुन तस्करीका अर्का अभियुक्त दुवईबाट पक्राउ परेको खबर पनि लेखेको छ । पक्राउ पर्ने ब्यक्ति मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका भाइ रमेश रहेको उल्लेख गरेको छ ।
आजको कान्तिपुर दैनिकले भने भारतले नयाँ हवाई रुट थप्न नमानेको विषयलाई मुख्य समाचार बनाएको छ । नेपाललाई चारवटा हवार्य रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको समाचारमा जनाइएको छ । बाराको सिम्रौनगढ नगरपालिका ३ मा एक पाँच वर्षीय वालकको अपहरणपछि हत्या भएको विषयलाई पनि कान्तिपुरले विशेष महत्वका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४