बिहीबार, साउन ७, २०८३

अरिंगालको टोकाईबाट १ बालकको ज्यान गयो, ३ घाइते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- अरिंगालको गोलो चलाउँदा बझाङमा एक बालकको ज्यान गएको छ। तीन बालबालिका घाइते भएका छन्।

अरिङ्गालको टोकाइबाट मृत्यु हुनेमा जिल्लाको केदास्युँ गाउँपालिका-२ कोटी गाउँका ३ वर्षिय बालक कुमार विष्ट रहेका छन्। त्यस्तै उनीसँगै रहेका तीन बालबालिका अमित विष्ट, भरत विष्ट, रुपा विष्ट गम्भिर घाइते भएका छन्।

उनीहरुलार्इ बाग्थला मेडिकलमा उपचार हुन नसकेपछि देउरा स्वास्थ्य चौकी लगिएको स्थानिय पूर्ण बहादुर विष्टले जानकारी दिए। 

घर नजिकै रुखमा रहेको अरिङ्गालको गोलो चलाउँदा गोलोबाट निस्केका अरिङ्गालले टोक्दा कुमारको घटनास्थलमै मृत्यु भएको र अमित, भरत, रुपालार्इ गम्भिर घाइते बनाएको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।