काठमाडौं- नेपालीहरुको महान पर्व दशैँ र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दशै दक्षिणा’ विशेष अफर ल्याएको छ।
नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक विक्रेता आईटिपी नेपाल प्रालिले २४ असोजदेखि ३० कार्तिकसम्म लागू हुने गरी दशैं दक्षिणा अफर ल्याएको हो। यस अफर अन्तर्गत नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘इयर हेडफोन’ प्रदान गरिने जनाइएको छ।
दशै दक्षिणा अफर अन्तर्गत ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा भएको एम २ लाइट फोनको मूल्य १८,७९५ रुपैयाँ कायम गरिएको छ। यसअघि यो फोन १९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो।
यसैगरी, ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिसक्सेल सेल्फी क्यामरा जडित एन २ फोन १,७०४ रुपैयाँ क्यासब्याक दिएर २३,१९५ रुपैयाँमा उपलब्ध गराइएको छ। यसअघि यो फोनको मूल्य २४,८९९ रुपैयाँ कायम थियो।
त्यस्तै, ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड १७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई १,००४ रुपैयाँ क्यासब्याक दिइएको छ। यसको वर्तमान मूल्य २८,९९५ ?पैयाँ कायम गरिएको छ भने यसअघि २९,९९९ ?पैयाँमा विक्री हुँदै आएको थियो।
६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड १७ मिनिजी स्मार्ट फोनको मूल्य ३२,९९५ रुपैयाँ कायम गरिएको छ। जबकी यो फोन ३७,४९९ रुपैयाँमा विक्री हुँदै आएको थियो। यसमा ग्राहकलाई ४,५०४ रुपैयाँ क्यासब्याक दिइएको छ।
दशैको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जीबी र्याम, ६४ जीबी रोम, १३ एमपी र २ एमपी ड्युल क्यामरा एवम् १६ मेगापिक्सेलको सेल्फी क्यामरा जडित जेड १७ लाइट फोन ३१,९९५ रुपैयाँमा उपलब्ध गराइएको आईटिपी नेपालले जनाएको छ। अब केही दिनभित्रै नुबियाको भी १८ मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४