शनिबार, भदौ ६, २०८३

कोशीमा सर्वदलीय सरकार बनाउन मुख्यमन्त्रीको आह्वान

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुगेको छ।

सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा मंगलबार मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारका लागि आह्वान गरेका छन्। उनले भने, ‘मेरो प्रयास अब सर्वदलीय सरकार बनाउन हुनेछ। सबै दललाई म आह्वान गर्न चाहन्छु।’

कार्कीले कोशी प्रदेशमा प्राप्त जनमत र दलहरुको अवस्थाले गर्दा सोचेर कदम नचालेको खण्डमा मध्यावधिमा जान सक्ने संकेत पनि गरे। भने, ‘यहाँको अवस्था एकदमै तरल छ। सहमतिमा नजाने हो भने प्रदेश मध्यावधिमा जान सक्ने खतरा पनि छ। त्यही भएको हुनाले संघमा के भयो, त्यता नगई यहाँ हामी सबै मिलेर प्रदेशलाई समृद्ध र विकसित बनाऔं।’

त्यसो त कोशी प्रदेश सरकार विस्तार गर्ने कि पुनर्गठन गर्ने भन्ने विषयमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुको संवाद बाक्लिँदै गएको छ। केही दिन अगाडि कोशी प्रदेशका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय नेताहरुले शीर्ष नेतालाई भेटेर त्यसका लागि सहमति दिन माग गरेका थिए।
 

प्रकाशित: Apr 18, 2023| 17:22 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्