शनिबार, भदौ ६, २०८३

डीआईजी बढुवा सिफारिसविरुद्ध आयोगमा उजुरी

 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- नेपाल प्रहरीका १३ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ। 

बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोक सेवा आयोगमा उजुरी दिएका हुन्। उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन्। 

बढुवा समितिको चैत २९ गते बसेको  बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले  सूची प्रकाशित गरेको थियो। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो। 

बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुबहादुर केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन्।

यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस भएको थियो। सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन। यही विषयलाई लिएर आयोगमा उजुरी परेको हो।

प्रकाशित: Apr 18, 2023| 16:32 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्