काठमाडौं- सर्लाहीको लालबन्दीमा ठूलो परिमाणमा नक्कली नोट फेला परेको छ। फोहोरको डंगुरमा नक्कली नोटका बन्डल भेटिएको हो।
लालबन्दी नगरपालिका-७ दुर्गा मन्दिर नजिक फोहोर फाल्ने स्थानबाट बेवारिसे अवस्थामा नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। फोहोर फाल्ने स्थानमा स्थानीयले झोला देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए।
तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले १ हजारका ५३० थान नक्कली नोटसहित पैसा आकारको ६ सय कागज बरामद गरेको छ। नक्कली नोट प्रयोगमा ल्याउन नसकेपछि गिरोहले फोहोर फाल्ने ठाउँमा फालेको हुन सक्ने प्रहरीको अनुमान छ।