बिहीबार, साउन ७, २०८३

इन्भेष्टमेन्ट बैंकका छ वटा एटिएम सञ्चालन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ। 

काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडी, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर  तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरिएको हो। 

स्थानीय जनतालाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको हो। यीसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडको एटिएम संख्या १०७ पुगेको छ। 

नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ७७ वटा शाखा रहेको छ। ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १,००० बढी एटिएम रहेका छन भने ३ हजार बढी पस ९ एयष्लत या क्बभि ० टर्मिनल जडान भइसकेका छन।

साथै बैंकले भर्खरै आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको एनआईबिएल मास्टरकार्ड प्रयोगमा ल्याएको छ। जुन नेपाल, भारतलगायत विश्वभर प्रयोग गर्न सकिन्छ। 

यूरोमनि अवार्ड, “उत्कृष्ट बैंक नेपाल २०१८” जितेको बैंकले पाँच पटकसम्म  “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्